• भदौ २६, २०८०
  • जुनकिरी खबर

सहमतिपछि काममा फर्किए बिपीका चिकित्सक

alt

दुई साता देखी आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक काममा फर्किएका छन् । सरोकारवाला निकायसँग समन्वय गरी एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउने लगायत दुई पक्षीय सहमतिपछि प्रतिष्ठानमा जारी आन्दोलन स्थगित गरी उनीहरू काममा फर्किएका हुन ।
 
प्रतिष्ठान पदाधिकारी र शिक्षक कल्याण समाजका पदाधिकारीबिच भएको तीन बुँदे सहमतिपछि शिक्षक, कर्मचारीले गर्दै आएको परीक्षा बहिष्कार लगायतका आन्दोलन स्थगित गरेका हुन् । सहमतिसँगै उनीहरूले परीक्षा शाखामा लगाएको ताला पनि खोलेका छन् ।
 
६ वर्षदेखि १८ वर्षसम्म वृत्ति विकास र बढुवा नभएको भन्दै प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले आन्दोलन गर्दै आएका थिए । सहमतिमा २०८० पुस २० गते प्रकाशित आन्तरिक बढुवा, २०७९ माघ २५ गते प्रकाशित  सेवाको पदपूर्ति गर्ने प्रक्रियाको निरन्तरताको व्यवस्थापन गर्नका लागि सरोकारवाला निकायबाट सहमति लिई सम्पूर्ण पदाधिकारी सरोकारवाला समेतको प्रयासबाट एक महिनाभित्र बाँकी रहेको विभागहरूका अन्तर्वार्ता सञ्चालन गरी एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ ।
 
त्यस्तै आन्दोलनमा सहभागी शिक्षक-कर्मचारीप्रती  पूर्वाग्रह नराख्ने र आन्दोलनरत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरी आआफ्नो कार्यमा संलग्न हुने सहमति गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]