• भदौ २७, २०८०
  • जुनकिरी खबर

‘शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा कुनै सम्झौता हुन्न’

alt

इलाका प्रहरी कार्यालय इटहरीका नयाँ डिएसपी टेक बहादुर कार्कीले शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने बताएका छन् । इटहरीका संञ्चारकर्मीहरुसँग परिचय कार्यक्रममा बोल्दै कार्कीले इटहरीको शान्ति सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा उदाहरणीय काम गर्ने बताएका छन् । प्रहरीको काम कारबाहीमा कसैको हस्तक्षेप नगर्न र नगराउन उनले आग्रह समेत गरेका छन् । 
 
इटहरीको समग्र समस्याका विषयमा अध्ययन गरेर उचित सुरक्षा योजना बनाउने डिएसपी कार्कीको भनाई छ । आफ्नो कार्यकालमा गर्न नहुने काम प्रहरीले नगर्ने र प्रहरी विरुद्ध कुनै पनि समस्या वा गुनासो भए सिधै आफूलाई सम्पर्क गर्न समेत स्थानीयहरूमा आग्रह गरेका छन् । आफ्नो कार्यकालमा गलत काम गर्ने जो कोही प्रहरीलाई कडा कारबाही गर्ने समेत उनले भनेका छन् । 
 
इटहरीको शान्ति सुव्यवस्था कायम गर्न सबैको साथ र सहकार्य प्रहरीलाई हुनु पर्ने उनको जोड थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट इटहरी आएका कार्कीले लागु औषध नियन्त्रण र चाडपर्वमा हुने अपराध नियन्त्रणमा तत्काल कार्य योजना बनाइ काम गर्ने बताएका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]