• भदौ ३०, २०८०
  • जुनकिरी खबर

दुहबीमा १०१ किलोको लड्डु गणेश भगवानलाई चढाइने

alt

सुनसरीको दुहबीमा असोज २ र ३ गते छैठौ गणेश चतुर्थी महोत्सव आयोजना हुने भएको छ । दुहबीमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी गणेश चतुर्थी महोत्सवको जानकारी दिइएको हो । महोत्सवका आयोजक तथा गणेश पूजा समितिका संरक्षक राकेश मुन्दडाका अनुसार यो वर्ष गणेश भगवानलाई १०१ किलोको लड्डु चढाइने जानकारी दिए । महोत्सवको दुहबी नगरपालिकाका प्रमुख वेद गच्छदारले पूजा गरे महोत्सवको उद्घाटन गर्नेछन् ।

२ र ३ गते बिहान गणेश भगवानको पूजा अर्चना र साँझ भजन कीर्तन हुने बताइएको छ । महोत्सवमा नेपाली तथा भारतीय कलाकारहरूले भजन तथा सङ्गीत आरती गर्ने मुन्दडाले जानकारी दिए । महोत्सव आयोजना गर्न १३ लाख खर्च हुने समेत आयोजकले जानकारी दिइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]