• असोज २, २०८०
  • जुनकिरी खबर

सुनसरीमा दाइजोको निहुँमा पत्नीको हत्या, पति पक्राउ

alt

पत्नीको हत्या गरेको आरोपमा सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले थप थप दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या गरेको प्रहरीको दाबी छ । भगतले २१ महिना पहिला विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा) सँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटर साइकल दाइजो लिएर विवाह गरेका थिए ।

उनले थप दाइजो नल्याएको भन्दै गत शनिबार राति निकिताको हत्या गरेको उल्लेख गर्दै मृतकका माइतीपक्षले जाहेरी दिएपछि नगेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए ।

घटनाको अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि वास्तविकता खुल्ने रेग्मीको भनाइ छ । शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिएको थियो ।

निकिताको ११ महिनाको छोरो छन् । त्यो नाती हेर्न उनकी आमा सरिताले गत शनिबार राति साढे नौ बजे भिडियोकलमा कुरा गरेकी थिइन् । भिडियोकलमा कुरा गर्दा निकिताले ज्वाईंसँग दाइजोको निहुँमा आफ्नो झगडा भइरहेको सुनाउँदै आइतबार बिहान माइत आउने बताएकी थिइन् ।

नगेन्द्रले निकितासँग विवाह गर्न इनरुवा नगरपालिकाको विद्युत् शाखाको इन्जिनियर भएको र आफ्नो जागिर स्थायी भएको बताएका थिए । विवाहपछि उनी इन्जिनियर नभई विद्युत्‌को पोलमेन भएको र उनको जागिर स्थायी नभई करार सेवा भएको र नगरपालिकाले करार नवीकरण नगर्दा जागिर गएको भन्ने पोल खुलेपछि निकितासँग झगडा सुरु भएको विष्णुको भनाइ छ ।

दिदी माइत आएपिच्छे दाइजोका नाममा नगेन्द्रबाट दिनहुँ मानसिक र शारीरिक याताना खेप्न बाध्य हुँदै आएको बताउने गर्थिन् । उनलाई सासु, जठानी र नन्दले पनि दाइजोका नाममा यातना दिने गरेको बताएकी थिइन् । 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]