• असोज ४, २०८०
  • जुनकिरी खबर

इटहरीका पूर्व मेयर चौधरी एमालेमा फर्किएका हुन त ?

alt

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तस्वीर खिचाएर सार्वजनिक गरेका छन् । उनी लामो समयपछि सामाजिक सञ्जालमा देखिएका हुन् । गत वर्षको पुसमा आफ्नो फेसबुकमा प्रोफाइल फोटो परिवर्तन गरेपछि सामाजिक सञ्जालमा सक्रिय नभएका उनले एमाले अध्यक्ष ओलीसँगको तस्वीर सार्वजनिक गरेका हुन् ।

ओली निवास बालकोटमा खिँचिएको तस्वीरको क्याप्सनमा उनले लेखेका छन्, ‘श्रद्धेय कमरेड सङ्ग फेरि ।’ लामो समयको अन्तरालपछि सामाजिक सञ्जालमा उनको कमब्याक, त्यो पनि एमाले अध्यक्ष ओलीसँगको तस्वीरबाट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यससँगै एमालेका स्थानीय वृत्तमा चौधरी पुनः एमालेमै कमब्याक भएको चर्चासमेत हुन थालेको छ ।

एमालेले उनलाई टिकट नदिएपछि माओवादी प्रवेश गरी गत निर्वाचनमा प्रदेश सांसदको चुनाव लडेका उनी एमालेका रेवती भण्डारीसँग पराजित बने । त्यसयता उनी माओवादीको कार्यक्रममा खासै देखिएनन् । माओवादीको कार्यक्रममा मात्र होइन, कुनै पनि सार्वजनिक कार्यक्रम र मिडियामा उनी देखिएका थिएनन् । सामाजिक सञ्जालमा अभिव्यक्तिहरू दिइरहने उनको सामाजिक सञ्जाल सक्रियतासमेत शून्य बनेको थियो ।

नौ महिनापछि एकैपटक बालकोटको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले आँफू एमालेमै फर्किएको संकेत दिएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]