• असोज ५, २०८०
  • जुनकिरी खबर

इटहरीबाट १५ लाख बढी नक्कली नोटसहित २ जना पक्राउ

alt

प्रहरीले इटहरीबाट १५ लाख रुपैयाँ भन्दा बढीको नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका २ जना सहित नक्कली नोट सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सङ्खुवासभा पांचखपन नगरपालिका ५ का विवेक राई र सङ्खुवासभा मकालु गाउँपालिका ६ बस्ने अजय राई रहेका छन् ।
 
उनीहरूको साथबाट एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँको नक्कली नोट, सहित तीन थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनाले काठमाण्डौँ बाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाई छ  । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाईएको प्रहरीले जनाएको छ । 
 
इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । 
 
चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।  पक्राउ परेकाको बयानको आधारमा प्रहरीले अर्का एक जनालाई आज शुक्रवार बिहान काठमाण्डौबाट पक्राउ गरेको पनि प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]