• असोज ५, २०८०
  • जुनकिरी खबर

इटहरीको कर वृद्धिविरुद्ध रास्वपाद्धारा २७ हजार हस्ताक्षर संकलन

alt

इटहरी उपमहानगरपालिकाले भूमिकरमा अत्यधिक करवृद्धि गरेपछि निरन्तर आन्दोलन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरबासीको हस्ताक्षर संकलन गरेको छ ।इटहरीको २० वटै वडाबाट २७ हजारभन्दा बढी हस्ताक्षर संकलन गरिएको रास्वपाको दाबी छ । रास्वपा कोसी प्रदेशका प्रवक्ता कमलबाबु मैनालीले करवृद्धिविरुद्ध २७ हजार नगरबासीको हस्ताक्षर सङ्कलन गरिएको जानकारी दिए । उनकाअनुसार रास्वपाले कर वृद्धिको विरोधमा हरेक दिन इटहरी उपमहानगरपालिका अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै आएको छ ।

कर घटाउनका लागि गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएको रास्वपाले २३ गतेदेखि लगातार उपमहानगरपालिका धर्ना तथा हस्ताक्षर संकलन अभियान चलाएको थियो ।

हस्ताक्षर गर्ने हरेकको विवरणसहित मेयरलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको मैनालीले जानकारी दिए । कर घटाउने प्रक्रिया अगाडि नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने उनले बताए । कर घटाउने विषयमा उपमहानगर भने मौन रहँदै आएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]