• असोज ८, २०८०
  • जुनकिरी खबर

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद्‍ विस्तार

alt

कोशी प्रदेशमा दुई मन्त्री र दुई राज्यमन्त्री थपिएका छन्। सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले सोमबार पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

मोरङका प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, सुनसरीबाट निर्वाचित प्रदेश सांसद राप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र धनकुटाका निरन राईले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रीद्वय अधिकारी र राजभण्डारीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ले र राज्यमन्त्रीद्वय मेहता र राईलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनीहरूसहित अब प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद् भएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]