• असोज १०, २०८०
  • जुनकिरी खबर

कोशी टप्पुमा ल्याइए दुईवटा गैंडा

alt

चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका दुईवटा गैंडा ‘पुष्पा’ र ‘अञ्जली’लाई सप्तरी र सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याइएको छ । उनीहरुलाई छुट्टाछुट्टै खोरमा राखेर कोशी ल्याइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट काठे खोरमा हालेर लगिएका ‘पुष्पा’ र ‘अञ्जली’आरक्षको सप्तरीस्थित पथरी सेक्टरमा बनाइएको इक्लोजरमा बस्ने भएका छन्। उनीहरुलाई केही समय त्यहाँ राखेर घुलमिल गराएपछि आरक्षको क्षेत्रमा छाड्ने तयारी गरिएको छ। ती गैंडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी पुगेको हो। 

वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैंडासँगै कोशी पुगेको छ। उनीहरुले त्यहाँ केही दिन उनीहरुको निगरानी गर्ने भएका छन्।  प्राविधिक समितिले गरेको अध्ययनमा गैंडाका लागि बासस्थान उपयुक्त देखिएपछि दुई गैंडा लगिएको हो। 

विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो।  सुरुमा यहाँबाट लगिएका दुवै पोथी गैंडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ। कोशीको पथरी सेक्टर कार्यालयनजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्टसँगै गैंडा राखिँदैछ। प्रकृतिमा छाड्ने समयमा गैंडा थप गरिने छ।  

xsdsw

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]