• असोज ११, २०८०
  • जुनकिरी खबर

नेकपा एमाले कोसी अधिवेशनमा प्यानल बनाउन नपाउने

alt

नेपाल कम्युनिष्ट पार्टी (एमाले)  कोशी प्रदेशको प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

अधिवेशन आयोजक मूल समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । अधिवेशन भोली ९शुक्रबार० उद्घाटन हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्नेछन् । विराटनगरस्थित होटल मनास्लुमा आयोजना गरिने अधिवेशन भव्य हुने एमालेका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिए ।

न्यौपानेले मनोनितबाहेकका प्रतिनिधि छनोट सकिएको जानकारी दिए । अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिए । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ । हालसम्म ९९७ प्रतिनिधि चयन भएपनि त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी छ ।

यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने न्यौपानेको भनाइ छ । उनले अधिवेशनबाट नेतृत्व चयन सहमतिबाट हुने र नभए निर्वाचनमार्फत गरिने बताए । तर, प्यानल निर्माण गर्न नपाइने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]