• असोज १३, २०८०
  • जुनकिरी खबर

इटहरीमा १५ दिने सांस्कृतिक पर्यटन महोत्सव हुने

alt

इटहरीमा असोज २० गतेदेखि १५ दिनसम्म सांस्कृतिक पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्नका लागि महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो । विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गर्ने महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुको समेत सहभागिता हुने मुल आयोजक समितिका संयोजक राजु बस्नेतले बताए ।

महोत्सव सफल बनाउनका लागि १५ वटा उपसमिति बनाइएको छ । महोत्सवमा दैनिक रुपमा जातीय भेषभुषा सहितको प्रस्तुति एवं साहित्यसम्बन्धी स्टलसमेत राखिने पत्रकार सम्मेलनमा जनाइएको छ । महोत्सव अवधिभर ५७ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजक समितिको अनुमान छ ।

महोत्सवबाट संकलन भएको रकम विपद् व्यवस्थापन कोष खडा गरिने संस्थाका अध्यक्ष विशुधन राईले जानकारी दिए । उनका अनुसार महोत्सवमा २० वटा स्टल राखिने छ । महोत्सव कात्तिक ४ गतेसम्म हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]