• असोज १७, २०८०
  • जुनकिरी खबर

इटहरीको अम्बे सहकारीमा बचतकर्ताले लगाए ताला

alt

इटहरी उपमहानगरपालिकामा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताहरूले तालाबन्दी गरेका छन् । सहकारीले बचत फिर्ता नगरेपछि तालाबन्दी गरेको गरिएक शुक्रबहादुर तामाङले बताए ।

पछिल्लो समय अम्बेले बचत फिर्ता नगरेपछि बचतकर्ताहरू सङ्घर्ष समिति नै बनाएर पुनः आन्दोलनमा गएका छन् ।

गत साउन २९ गते नै इटहरी उपमहानगरपालिकाको अगुवाइमा अनुगमन गर्दा बचत रकम फिर्ता गर्ने मौखिक प्रतिबद्धता भएपनि बचत रकम नपाएको पीडितहरूले बताएका हुन् । अनुगमनका क्रममा अम्बे बचत सहकारी नियम विपरीत सञ्चालनमा रहेको पाइएको थियो ।

त्यसबेला ७ दिन भित्र सहकारीलाई आफ्नो प्रतिवेदन पेश गर्न निर्देशन गरिए पनि हालसम्म प्रतिवेदन पेस नगरेको इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]