• असोज १७, २०८०
  • जुनकिरी खबर

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

alt

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते शनिवार विश्वासको मत लिने भएका छन् । २० गते १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री कार्कीको सचिवालयले दिएको जानकारी अनुसार २० गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानलाई अनुरूप गर्न लगिएको हो । धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्ति भएको २० गते ३० दिन पूरा हुँदै छ ।

नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सभाध्यक्षको मत लाई दुरुपयोग गरेपछि सर्वोच्च अदालतले बरखास्त गरेको थियो । उपधारा २ अनुसार दुई पटक मुख्यमन्त्री भएका थापाले दुवै पटक सभामुख/सभाध्यक्षको मतको दुरुपयोग गरेका थिए ।

अन्तिम पटक अदालतले थापालाई पदमुक्त गरी कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत पाउने अन्तिम कसरतमा छन् ।

प्रदेशसभामा एमालेको उपसभामुख बाहेक ३९ मत मात्र छ । हालसम्म राप्रपाका ६ सांसदको समर्थन पाएको कार्कीले विश्वासको मत पाउन थप १ सांसद आवश्यक पर्छ । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ४७ सांसदको समर्थन चाहिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]