• असोज १९, २०८०
  • जुनकिरी खबर

छ लाख भारतीय रुपैयाँँसहित बाबुछोरा पक्राउ

alt

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको छ लाख भारतीय रुपैयाँसहित बाबुछोरा पक्राउ परेका छन् । नेपाल–भारत सीमामा तैनाथ भारतीय सुरक्षा बल एसएसबीको ४५ औं बटालियन शैलेशपुरले मङ्गलबार नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

नेपाल–भारत सीमा स्तम्भ २०६÷१ बाट भारतीय एसएसबीले अवैधरूपमा ल्याउँदै गरेको छ लाख भारुसहित झापा दमकका बाबुछोरालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि भीमनगर कस्टमको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा दमक बस्दै आएका ४६ वर्षीय अशोक साह र उनका २२ वर्षीय छोरा सुरज साह रहेका छन् ।

नेपाली बजारमा भारतीय रुपैयाँको माग घटिरहेको अवस्थामा नेपाली नागरिकले अवैध रूपमा त्यति ठूलो परिमाणमा कुन प्रयोजनका लागि भारतीय रकम लान खोजिएको भन्ने खुल्न नसकेको स्थानीय भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]