• कार्तिक १७, २०८०
  • जुनकिरी खबर

धरान–इटहरी सडकः म्याद थप रोक्का

alt

जोगबनी–किमाथाङ्का व्यापारिक मार्गअन्तर्गत सुनसरीको इटहरीस्थित तरहरादेखि सेउती पुलसम्मको सडक खण्डमा निर्माण गरिरहेको ठेकेदार कम्पनीको ‘म्याद थप रोक्का’ गरिएको छ ।

ठेकेदार कम्पनी हिमढुङ प्यासिफिक जेभीले तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने गरी सरकारसँग सम्झौता गरेको थियो । उक्त सडक छ लेन सडक आयोजनाले हेर्दै आएको छ । २०७७ असार मसान्तबाट २०८० असार मसान्तसम्म करिब ७ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने गरी जेभीसँग सम्झौता भएको हो । तर, निर्धारित मितिमा सडक सम्पन्न नगरेपछि ठेकेदार कम्पनीसँग म्याद थप रोक्का गरिएको छ लेन सडक आयोजनाले जनाएको छ ।

सङ्घीय सरकारले म्याद थप रोक्का राख्नू भन्ने आएको उत्तर/दक्षिण व्यापारिक मार्ग बिस्तार आयोजना रानी–विराटनगर–इटहरी–धरान सडक योजनाकी इन्जिनियर अस्मिता सुवेदीले बताइन् । उनका अनुसार जेभीले एकोहोरो रूपमा सडकको आवतजावतलाई सहज नबनाएसम्म म्याद थप नगर्ने बताइन् । उनले भनिन्, ‘माथिबाट नै म्याद थप रोकिएको छ ।’ तर, समयसीमा थप्ने विषय चाहिँ प्रक्रियामा रहेको उनले बताइन् ।

ठेकेदारको तर्फबाट काम नसक्ने अवस्था भएमा ठेक्काको समयसीमा सकिनुभन्दा २१ दिन अगावै समय थपको लागि प्रक्रिया अगाडि बढाउनु पर्छ । ठेकेदार कम्पनीले समयसीमाको थप माग गरे पनि सडक निर्मणको कामलाई निरन्तरता नदिएकाले हालसम्म समय थप गरेको छैन । सयमसीमाभित्र सडक निर्माण नगरेमा ठेकेदार कम्पनीलाई प्रतिदिन १० प्रतिशतका दरले हर्जना (जरिबाना) लिन सकिने प्रावधान रहेको उनले बताइन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]