• कार्तिक २४, २०८०
  • जुनकिरी खबर

१५ दिने बृहत्तर वराहक्षेत्र परिक्रम सुरु

alt

प्रसिद्ध धार्मिक स्थल चतरा धामबाट आजदेखि बृहत् बृहत्तर वराहक्षेत्र परिक्रमा सुरु भएको छ । १५ दिवसीय वृहत् पदयात्राले उदयपुर, धनकुटा सुनसरी जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गर्ने छ ।
 
परिक्रमाको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा कार्कीले आफू हिन्दु धर्मावलम्बी भएकाले हिन्दु धर्मको वकालत गर्ने बताए । 
उनले वराहक्षेत्र, पाथीभरा र हलेसी धामको विकासमा प्रदेश सरकारको विशेष ध्यान रहेको बताए । उनले फाल्गुननन्द, आत्म नन्द र खुवालुङको पनि विकास गर्दै जाने बताए  । 
पदयात्राका क्रममा  सुनसरी उदयपुर  र धनकुटा धार्मिक तथा ऐतिहासिक स्थलमा पुगेर पूजा आजा गरिने छ । 
 
चतरा धामबाट सुरु भएको पदयात्राका क्रममा उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाकाल भगवतीको पहिलो दर्शन गरिने छ । त्यसपछि कोशी नदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने छ । २५ गते बिहान मैनामैनीमा अवस्थित मैना कुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिने छ ।
 
२६ गते पदयात्रा त्रिवेणी धाम पुग्नेछ । २७ गते सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर पुग्नेछ । २८ गते मूल घाट विश्रान्ति धाम पुग्नेछ । धनकुटाको बेलहरा, साँगुरी गढी, नमस्ते झरना हुँदै कार्की छाप– भेडे टार हुँदै पदयात्रा धरान आइपुग्नेछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]