• कार्तिक २६, २०८०
  • जुनकिरी खबर

लोक नृत्य प्रतियोगितामा कोसी सेन्ट जेम्स प्रथम

alt

इटहरीको पुरानो तथा प्रतिष्ठित क्लब राष्ट्रिय जागृति क्लबद्वारा आयोजित खुल्ला लोकनृत्य प्रतियोगितामा कोसी सेन्ट जेम्स स्कुल प्रथम भएको छ । क्लबद्वारा शनिवार साँझ आयोजित नगर स्तरीय खुल्ला लोक नृत्य प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रममा इटहरीका नौ वटा विद्यालयलाई पछि पार्दै कोशीसेन्ट जेम्स प्रथम भएको हो ।
यस्तै पिस जोन सेकेण्डरी स्कुल दोस्रो भएको छ भने इटहरी मोडल सेकेण्डरी स्कूलले तेस्रो स्थान हासिल गरेको छ ।
 
प्रथम भएको कोशी सेन्टजेम्सले नगद २० हजार, दोस्रो भएको पिस जोनले १५ हजार र तेस्रो स्थान हासिल गरेको इटहरी मोडलले नगद १० हजार पुरस्कार पाएको छ ।
पुरस्कृत बिद्यालयहरुलाई कार्यक्रमका विशिष्ट अतिथि इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेल, इटहरी ९ का वडाध्यक्ष जितेन्द्र थापा, कार्यक्रम संयोजक रबिन गौतम र क्लबका पदाधिकारीहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाहरूलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]