• मंसिर २, २०८०
  • जुनकिरी खबर

वराहक्षेत्र मन्दिरमा हरिबोधिनी एकादशी मेलाको तयारी

alt

वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्रसिद्ध तीर्थधाम वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात् हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम  चरणमा पुगेको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस वर्ष मङ्सिर ७ गते बिहीबार एकादशीको दिनबाट सुरु भई मङ्सिर ११ गते सोमवार पूर्णिमाको दिनसम्म ५ दिन आयोजना हुने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उक्त मेला नगरपालिका बनेदेखि वराहक्षेत्र संरक्षण मञ्चले व्यवस्थापन गर्दै आएको छ।

मेलाकालागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको र मेलाको सम्पूर्ण तयारी समेत पूरा भएको मेला वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।

मेलाकालागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई, स्वयंसेवकको जिम्मेवारी स्काउट लगायतलाई दिएको संरक्षण मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।

भक्तहरूका लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, उज्यालो कोलागि बिधुत लगाइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]