• मंसिर ५, २०८०
  • जुनकिरी खबर

एनआरएनए अस्ट्रेलियाको सल्लाहकारमा अधिकारी,सुवेदी र पराजुली मनोनीत

alt

नेपाल । एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय सल्लाहकारमा सुशान्त (मिक्कि) सुवेदी, आशिष् अधिकारी र दीपक पराजुली मनोनीत हुनुभएको छ । नेपालको विराटनगर निवासी दुवै जना पर्थमा रहेर विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नुहुने सुवेदी र पराजुली सल्लाहकारमा मनोनीत हुनुभएको एनआरएन वेसर्टन अस्ट्रेलियाका यूथ कोडिनेटर मनिष सिग्देलले जानकारी दिनुभयो ।

यस्तै काठमाडौँ निवासी अधिकारी समेत अस्ट्रेलियामा रहेर सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । सबैलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै सिग्देलले वहाँहरूको सहकार्यमा अस्ट्रेलिया रहेका नेपालीहरूको हितको लागि थप काम गर्न हौसला मिल्ने अपेक्षा गरिएको छ । पराजुली नेपाली जन सम्पर्क समिति पश्चिम अस्ट्रेलियाको पूर्व सभापति हुनुहुन्छ भने पर्थ निवासी सुवेदी सफल व्यवसायी र सामाजिक अभियन्ता हुनुहुन्छ ।

एनआरएनए अस्ट्रेलियामा तिन जना अत्यन्त ऊर्जाशील एवम् सामाजिक अभियन्ताको रूपमा काम गदै आउनु भएकाहरूलाई सल्लाहकारमा मनोनीत हुँदा सबैलाई सुखी महसुस भएको नेप्लीज एसोसिएसन अफ वेसर्टन अस्ट्रेलिया नवाका कार्यकारी सदस्य समुन्द्र पुरीले जानकारी दिनुभयो । 

aaa

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]