• मंसिर ७, २०८०
  • जुनकिरी खबर

वराहक्षेत्र मन्दिर क्षेत्रमा मदिरा र माछा–मासु प्रतिबन्ध

alt

वराहक्षेत्रमा हरेक वर्ष लाग्दै आएको हरिबोधनी एकादशी मेला आज (बिहीबार) बाट सुरु हुँदैछ । प्रत्येक वर्ष कात्तिक महिनाको हरिबोधनी एकादशीबाट सुरु भएर पूर्णिमासम्म ५ दिनसम्म लाग्ने मेलामा हजारौँ नेपाली र भारतका भक्तजन वराह भगवान्को पूजा र दर्शन गर्न आउँछन् ।

मेला अवधिभर वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित वराहक्षेत्र मन्दिरक्षेत्रका होटलहरूमा नगरपालिकाले मदिराजन्य पदार्थ तथा माछा, मासु बिक्री वितरण र सेवनमा पूर्णरूपमा रोक लगाएको छ । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेको वराहक्षेत्र मन्दिर परिसरमा रहेका होटल व्यवसायीहरूलाई मदिराजन्य पदार्थ तथा माछा, मासु बिक्री वितरण नगर्न आग्रह गरिएको र उक्त कार्यलाई कार्यान्वयन गराउन इलाका प्रहरी कार्यालय महेन्द्रनगर तथा वराहक्षेत्र संरक्षण मञ्चलाई समेत आग्रह गरेको नगरप्रमुख रमेश कार्कीले बताए ।

धार्मिक क्षेत्र मठ, मन्दिरको ५ सय मिटर वरपर मदिराजन्य पदार्थ तथा माछा, मासु बिक्री वितरण गर्न नपाउने नगरपालिकाको निर्णयअनुसार वराहक्षेत्र मन्दिर क्षेत्रका होटलहरूमा उक्त सामग्री प्रतिबन्ध गरिएको नगरप्रमुख कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]