• मंसिर १२, २०८०
  • जुनकिरी खबर

कोशीमा बजेट कटौती भएको भन्दै एमाले र राप्रपाको संयुक्त विरोध

alt

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा विरोध जनाएको छ ।

प्रदेशसभाको आजको बैठकको कारबाही सुरू हुनासाथ दुई दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए । एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

उनले भने, ‘एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिन पर्दथ्यो । प्रतिपक्षी सांसदहरूको सुझाव समेटिनुपर्थ्यो त्यो भएन ।’

सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएको भन्दै उनले प्रतिस्थापन विधेयक पारित नभए के हुने ? भन्ने प्रश्न गरे । बजेट अध्यादेश प्रस्थिापन गर्न ल्याएको विनियोजन विधेयकमाथि हिजोदेखि छलफल भइरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]