• मंसिर २६, २०८०
  • जुनकिरी खबर

इटहरीबाट दुर्घटना न्यूनीकरणको सचेतना अभियान शुरु

alt

बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि कोसी प्रदेशमा सचेतना अभियान सुरु भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको अगुवाइमा सुरु अभियान सुनसरीको इटहरीबाट सुरुवात गरिएको हो ।
 
अभियानको कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी राजेशनाथ बास्तोलाले सोमबार घोषणा गरेका हुन ।
 
यातायात व्यवसायी, मजदुर, टाफिक प्रहरी, नागरिक समाज, विद्यार्थी लगायतका सरोकारवालाहरूको समन्वयमा सुरु भएको अभियान कोसी प्रदेशका मुख्य मुख्य स्थानमा सञ्चालन हुने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोसी प्रदेश सचिव महेश कुमार घिमिरेले बताए ।
 
सडक सुरक्षाका हिसाबले नेपाली सडक अत्यन्तै संवेदनशील बन्दै गइरहेको अवस्थामा दुर्घटना न्यूनीकरण सबैको चासोको विषय बनाउनका लागि अभियान फलदायी बन्न सक्ने कोसी प्रदेश प्रहरी प्रमुख डिआइजी बास्तोलाले बताए ।
 
सडक दुर्घटनाका समाचार दिनानुदिन बढ्दै गइरहँदा जनधनको क्षतिको तथ्याङ्क कहाली लाग्दो अवस्थामा बढिरहेकोले सबैले आ-आफ्नो स्थानबाट भूमिका खेल्न प्रेरित गर्नका लागि पनि सडक सुरक्षा अभियान प्रभावकारी हुने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ कोसी प्रदेश संयोजक सरोज श्रेष्ठले बताए ।
 
कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले “सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]