• मंसिर २८, २०८०
  • जुनकिरी खबर

बेलबारीको अस्पताल सुनसरीमा सारिनुमा डिआईजीको चलखेल

alt

स्थानीयसँग समन्वय नै नगरी प्रदेश प्रहरी अस्पताल सारिएको भन्दै बेलवारीका जनप्रतिनिधि तथा दलहरूले विरोध जनाएका छन्  । बेलवारी नगरपालिकाले पत्रकार सम्मेलन गर्दै २०७९ फागुन १० गते उद्घाटन भएको प्रदेश प्रहरी अस्पताल रातारात इनरुवा लगिएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले सुनसरी जिल्लालाई लक्षित गरी अस्पताल सारेको आरोप स्थानीय जनप्रतिनिधिको छ ।
 
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य तथा बेलवारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदीले प्रदेश प्रहरी कार्यालयका  प्रमुखको स्वार्थमा अस्पताल सारिएको आरोप लगाए । भन्दा ठाउँ नभएकोले सारिएको भनिएको भए पनि नगर अस्पतालको १९ करोड बढीको लागतमा  बन्दै गरेको भवनमा प्रादेशिक प्रहरी अस्पताललाई व्यवस्थित गर्न सकिनेमा स्थानीय तहलाई समेत थाहै नदिई अस्पताल सारिएको उनले बताए ।
 
मोरङ बेलबारीमा ९ महिना अघि स्थापना गरिएको कोशी प्रदेश प्रहरी अस्पताल अपहरण शैलीमा सुनसरीको इनरुवा सारिएकोप्रति नगरपालिका र स्थानीय राजनीतिक दलहरूले आपत्ति प्रकट गरेका हुन् ।  मङ्सिर २६ गते मध्यरातमा प्रहरी अस्पताल बेलबारीबाट इनरुवा सारिएको  छ  । गत वर्षको फागुन १० गते नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले १५ बेड क्षमताको अस्पताल उद्घाटन गरेका थिए । 
 
अस्पताललाई व्यवस्थित गर्ने नगरपालिकाको तयारी भई रहेका समयमा अस्पताल एकाएक विना जानकारी बेलबारीबाट इनरुवा सारिएकोप्रति नगरपालिकाले खेद व्यक्त गरेको उपप्रमुख नितु थापाले बताइन् ।   कोशी प्रदेश प्रहरी अस्पताललाई व्यवस्थित गर्नका लागि चिकित्सकको आवास व्यवस्थापन, रङ रोगन, इन्धन लगायतका सामग्री, एसीको प्रबन्ध गरिएको भए पनि   थाहै नदिई एकाएक अस्पताल सारिएकोमा उनले खेद व्यक्त गरिन् ।   नगरपालिकाले चालु आर्थिक वर्षमा प्रदेश प्रहरी अस्पताल व्यवस्थापनका लागि भनेर १० लाख विनियोजन गरिएको थापाको भनाई छ । 
 
नगरपालिकाले सुरक्षा निकायकोलागि भन्दै वार्षिक १५ लाख बढी इन्धनमा खर्च गर्ने गरेको  जनाएको छ । बेलबारी नगरपालिका ४ बुधबारेमा मा १० करोड ५९ लाखको लागतमा निर्माणाधीन अस्पताल भवन प्रहरी अस्पताललाई हस्तान्तरण गर्ने समेत नगरपालिकाले योजना रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]