• मंसिर २८, २०८०
  • जुनकिरी खबर

सुनसरीमा दादुराको महामारी फैलने खतरा

alt

स्वास्थ्य चौकी, वडा कार्यालयहरूमा निःशुल्क लगाइने दादुरा, रुबेलाको खोप सुनसरीमा ८२ प्रतिशत बालबालिकाहरूले नलगाएकाले महामारी फैलने खतरा बढेको छ । कोसी गाउँपालिकामा ९२ प्रतिशतले खोप नलगाएका तथ्याङ्क छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य शाखाबाट सोमवार आयोजित अन्तरक्रियामा कोसी प्रदेश स्वास्थ्य निर्देशनालय खोप अधिकृत भरत भण्डारीले भने ‘ तथ्याङ्कमा सुनसरीका ८२ प्रतिशत बालबालिकाले दादुरा खोपको नलगाएकाले दादुरा रुबेला रोग फैलिएको छ ।’

दादुरा रुबेला प्रकोप नियन्त्रण, रोकथामका लागि ६ महिनाको शिशु देखी १५ वर्षका किशोर किशोरीलाई खोप लगाउनु पर्दछ । निःशुल्क पाइने यो खोप नलाउँदा देशभर फैलिँदै गएको दादुरा नियन्त्रण गर्न सरकारले यसपालि देशव्यापी अभियान सुरु गरेका उनले बताए ।

नियमित खोप जारी राख्दै दादुरा शून्य प्रतिशतमा झार्न सरकारले यो अभियान सुरु गरेको हो । धरानमा खोप अभियान पुष १ देखी ८ गते सम्म २० वटै वडाहरूमा सञ्चालन गरिने भएको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानका २० वटै वडामा तालिम प्राप्त स्वास्थ्यकर्मी, अहेब, अनमी, स्टाफ नर्स गुणस्तरीय खोप सेवा प्रदान गर्न तालिम प्राप्त स्वास्थ्यकर्मी, अहेव, अनमी , हेअ, सिअहेव,स्टाफ नर्सहरूबाट खोप सेवा सञ्चालन गरिने छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]