• पुस १, २०८०
  • जुनकिरी खबर

चतरा धाममा पूर्ण कुम्भमेलाको तयारी तीव्र

alt

अगामी चैत्र २७ गते देखी हुने दोस्रो पूर्ण महाकुम्भको तयारी तीव्र बनाएको छ । महाकुम्भको विषयमा प्राचीन हरिद्वार चतरा धाम स्थित जगतगुरु पीठ, बराह क्षेत्र नगरपालिका ,सुरक्षा निकाय,सरोकारवाला पक्ष र स्थानीय बिच तयारीका विषयमा बैठक सम्पन्न भएको छ । 

कुम्भमेला तयारीलाई तीव्रता दिने विषयमा आवश्यक छलफल गर्न बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाका कर्मचारीहरू चतरा धाम पुगेका थिए । यस्तै सुरक्षा निकायका व्यक्ति, स्थानीय धार्मिक सङ्घसंस्थाका प्रतिनिधिहरू सहितको बैठक आयोजना गरिएको हो । 
 
बैठकमा कुम्भमेलाको तयारीलाई तीव्रता दिने निष्कर्ष निकालिएको छ । विशेष गरी कुम्भमेला स्थलमा तयार गर्नुपर्ने भौतिक संग्रचनाको निर्माण, विद्युत्,खानेपानी, सरसफाइको व्यवस्थापन, सुरक्षा प्रबन्ध, बसोबास स्थल, प्रचारप्रसार, वाशिष्ठ व्यक्तिहरूको निमन्त्रणा लगायतका विषयमा छलफल भएको छ । 
 
कुम्भमेलाको तयारीको विषयमा जगतगुरु बाल सन्त मोहन सरण देवाचार्यले बताउनुभएको थियो । यस्तै गर्नुपर्ने तयारीका विषयमा पनि उहाँले प्रस्ट पार्नुभएको थियो । 
आवश्यक तयारीका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि प्रस्ताव गर्ने बताइएको छ । यसका लागि नगरपालिका, जनप्रतिनिधि सहितका अन्य सरोकारवालाले पहल गर्ने बताइएको छ । 
 
आगामी चैत्र २७ गते शुक्ल प्रतिपदा देखी २०८१ वैशाख अक्षय तृतीया सम्म १ महिना पूर्ण महाकुम्भ मेला आयोजना हुँदैछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]