• पुस १२, २०८०
  • जुनकिरी खबर

सुर्तीजन्य पदार्थ नियन्त्रणमा कठोर बन्दै विराटनगर

alt

विराटनगर महानगरपालिकाले बरामद गरेको ठुलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ ।  विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बरामद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।
 
सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै महानगरको सरसफाइमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको महानगरको निष्कर्ष छ  । 
 
महानगरले बुधवार करिब ५९ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । गुट्खा, तुलसी, खैनी लगायतका सुर्तीजन्य पदार्थ नष्ट गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए ।  यसअघि पनि ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको थियो ।  महानगरले भनेको अटेर गर्नेलाई जरिवाना समेत गर्ने गरिएको पौडेलले बताए । 
 
महानगरले पौडेललाई नै सुर्तीजन्य पदार्थको अनुगमनको जिम्मेवारी तोकेको छ । केही दिनअघि एक जना व्यापारीलाई महानगरले १० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो । पटक–पटकको चेतावनीलाई बेवास्ता गर्दै फेरी बिक्री गरेको फेला पारेपछि महानगरले ती व्यापारीलाई जरिवाना गरेको हो ।
 
सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्धपछि विराटनगरमा सरसफाइमा समेत सहयोग पुगेको महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]