• पुस १४, २०८०
  • जुनकिरी खबर

एमाले इटहरी जनप्रतिनिधिले गरे मेयरको खण्डन

alt

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर सभा बैठक स्थगित गरेको विषयलाई लिएर नगरप्रमुखले लगाएको आरोपको खण्डन गरेका छन् । नगरप्रमुख हेमकर्ण पौडेलले हिजो बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कामै गर्न नदिएको भन्दै विभिन्न आरोप लगाएका थिए ।  पौडेलले बुधवार बोलाइएको चौधौँ नगर सभा बैठक तयारी नपुगेको भन्दै सहमतीयै स्थगित गरिए पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले एकलौटी ढङ्गले स्थगित गरेको भन्दै भ्रम फैल्याएको आरोप लगाएका थिए ।
 
त्यसको एक दिन बित्न नपाउँदै उपप्रमुख सहितका जनप्रतिनिधिहरूले आज पत्रकार सम्मेलन गर्दै नगरप्रमुख पौडेलले लगाएको आरोपको खण्डन गर्दै वार्ताको लागि तयार रहेको बताए । 
 
पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता चौधरीले एमालेका जनप्रतिनिधिको सहमतिमा नगर सभा स्थगित गरिएको भन्ने आरोपको खण्डन गरेकी छिन् ।
 
नगर सभा स्थगित गर्न एमालेका जनप्रतिनिधिको कुनै सहमति नगरेको पनि उपमेयर चौधरीले स्पष्ट पारिन् । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पाले स्थगित गरिएको नगर सभा सञ्चालन गर्न माग गरेका छन् । कर, राजश्व तथा अन्य विषयमा देखिएको विवाद वार्ताको माध्यमबाट समाधान गर्न पनि उनले आग्रह गरेका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]