• पुस १४, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेशमा हात्तीको आक्रमणबाट ७ जनाको मृत्यु

alt

कोसी प्रदेशका मोरङ र झापामा हात्तीको समस्या अहिले पनि उस्तै रहेको छ । बेलाबेला मात्रै आउने हात्तीका बथान अहिले यतै रमाउँदा स्थानीयबासीका लागि समस्या भएको हो । खासगरी झापा र मोरङमा हात्तीको उपद्रो बढेको छ भने सुनसरीमा पनि बेलाबेला हात्ती आक्रमण भइरहेको छ । हात्तीको आक्रमणबाट साउनयता मात्रै ७ जनाको मृत्यु भइसकेको छ ।

चालु आर्थिक वर्षको हालसम्म झापामा ५ तथा मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको हो । यसबीचमा १० जना घाइते भएका छन् ।

हात्तीले आक्रमण गरेर मोरङमा ४, झापामा ३, सुनसरीमा २ र उदयपुरमा १ जनालाई घाइते बनाएको छ ।

आक्रमणबाट झापामा शुक्रबार मात्रै एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ११ सृष्टि टोलका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको हो । हात्तीले राईको घर पनि भत्काएको छ । हात्तीको बथानले साउनयता मात्रै झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र उदयपुरमा १ गरेर ८१ वटा घटना गराएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार झापामा ५४, मोरङमा १६ र सुनसरीमा ३ गरेर ७३ वटा घरमा क्षति पुर्याएको छ । मोरङमा ८१ र झापामा २ वटा गोठमा क्षति गरेको उनले बताए ।

किसानले ७ बिघा १५ धुर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट गरिसकेको एसपी कँडेलको भनाइ छ ।

हात्तीले हालसम्म ३ वटा जिल्लामा ४८ लाख ७४ हजार रूपैयाँभन्दा बढीको क्षति गरेको उनले बताए । उनकाअनुसार सबैभन्दा धेरै झापामा ३७ लाख ६८ हजार बढीको क्षति पुर्याएको छ ।

भारतबाट झापा हुँदै नेपाल प्रवेश गरेका हात्ती पूर्वी मोरङ र झापाका जंगलमा बसिरहेका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले हात्ती आक्रमणबाट सर्वसाधारणमा त्रास बढेको उल्लेख गरे । भारतबाट झापा हुँदै छिरेको २७ वटाजतिको हुल मोरङतिर लागेको र साथमा बच्चा (छावा) पनि रहेको उनको भनाइ छ ।

बच्चा हुर्काउनतिर लागेकाले त्यो हुल हालसम्म नफर्किएको राईले बताए ।

उनले भने, ‘झापाका जंगलमा पनि झुण्ड–झुण्ड भएर बसेका छन् । एउटा झुण्डमा १० वटासम्म छन् । झापामा मात्रै ३७ देखि ४० वटा हात्ती रहेको अनुमान छ ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]