• पुस १७, २०८०
  • जुनकिरी खबर

कोशीका ३ जिल्लामा हात्तीको बढी क्षति

alt

कोशीका तराईको झापा, मोरङ र सुनसरी जिल्लामा हात्तीले सबैभन्दा बढी दुःख दिने गरेको छ। दैनिक आतंक मच्चाउँदै निरन्तर भौतिक तथा मानवीय क्षति गर्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हात्तीका कारण झापा, मोरङ र सुनसरी बढी प्रभावित बनेका छन्। उपद्रो मच्चाएर सबैभन्दा धेरै क्षति झापा र मोरङमा गरिरहेको प्रहरीले जनाएको छ। 

हात्तीको आक्रमणबाट झापामा शुक्रबार मात्रै एकजनाको मृत्यु भएको थियो। शिवसताक्षी नगरपालिका–११ सृष्टि टोलका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए। उनका अनुसार हात्तीले राईको घर पनि भत्काइदिएको छ। साउनयता कोशीका झापा, मोरङ र सुनसरीमा हात्तीको आक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ। झापामा ५ तथा मोरङ र सुनसरीमा १÷१ जनाको मृत्यु भएको हो। हात्तीको आक्रमणबाट १० जना घाइते भएका छन्। आक्रमण गरेर मोरङमा ४, झापामा ३, सुनसरीमा २ र उदयपुरमा १ जनालाई घाइते बनाएको प्रहरीको भनाइ छ। 

पछिल्लो समय मंसिरको पहिलो साताबाट हात्तीको बिज्याइँ बढेको हो। हात्तीको हुलले साउनयता मात्रै झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र उदयपुरमा १ गरेर ८१ वटा घटना गराइसकेको छ। झापामा ५४, मोरङमा १६ र सुनसरीमा ३ गरेर ७३ वटा घरमा क्षति पुर्‍याएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले जानकारी दिए। उनका अनुसार मोरङमा ८१ र झापामा २ वटा गोठमा क्षति गरेको छ।

कृषकले ७ बिघा १५ धुर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट गरिसकेको एसपी कँडेलको भनाइ छ। हात्तीले हालसम्म ३ वटा जिल्लामा ४८ लाख ७४ हजार रुपैयाँभन्दा बढीको क्षति गरेको उनले बताए। उनका अनुसार सबैभन्दा धेरै झापामा ३७ लाख ६८ हजार बढीको क्षति पुर्‍याएको छ। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]