• पुस १७, २०८०
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित

alt

इटहरी उप महानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् । ३५ दिन सम्म चलेको तालिम दिएका नगर प्रहरीलाई उपमहानगरले आज दीक्षित गरेको हो ।  दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्रदर्शन गरेका थिए । नगर प्रहरीलाई दिक्षान्त समाहारोमा दर्जेनी चिन्ह प्रदान गरेको छ । उनीहरूलाई इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेताले शपथ गराएका छन्।  

तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम, दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भिड व्यवस्थापन र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान गर्दै उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरी थप सशक्त बनेको बताएका छन् । जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र इटहरी उप महानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

 उपमहानगर प्रमुख पौडेलले बजार व्यवस्थापनमा नगर प्रहरीको भूमिका अझ सशक्त बनाएर लैजान पनि निर्देशन समेत दिए । जुनसुकै काम कर्तव्य गर्दा व्यक्तिलाई नभएर विधिलाई मान्न निर्देशन दिएका छन् ।

नगर प्रहरीलाई उप महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उप महानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरूको सुरक्षा व्यवस्थापन, उपमहानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]