इटहरीमा रहेको अम्बेकोशी बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र बहादुर पुर्बछाने मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि न्यायाधीश शम्भु गौतमको एकल इजलासले आज उनलाई कारागार चलान गर्ने आदेश गरेको हो ।
यस्तै सहकारीका सञ्चालक समिति सदस्य शिला गजमेर पनि अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल चलान भएको जिल्ला अदालत सुनसरीका सूचना अधिकारी नवीन कोइरालाले बताए ।
पुर्पक्षका लागि मगरलाई झुम्का कारागार चलान गरिएको छ भने गजमेरलाई जिल्ला कारागार कार्यालय मोरङ लगिएको छ । यस्तै पक्राउ परेका लेखा सुपरिवेक्षण समितिका संयोजक राहुल अग्रवाल १० लाख र लेखा समितिकै सदस्य कुमार आले ५ लाख धरौटी बुझाएर तारेखमा रिहाइ भएका छन् ।
प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इनरुवाले ठगीका बारेमा सहकारीका अध्यक्ष मगर सहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरेपछि प्रहरीले उनीहरूलाई एक महिना अघि पक्राउ गरेको थियो ।
११ जनाविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गरे पनि प्रहरीले भने ४ जनालाई मात्र पक्राउ गरेको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved