• पुस २०, २०८०
  • जुनकिरी खबर

इटहरीमा नम्वर प्लेट टाँस्ने अभियान सुरु

alt

इटहरी उपमहानगरपालिका वडा नं ६ मा बिहीबार देखि गुगल म्याफ् कोड सहितको घर नम्वर प्लेट टाँस्ने अभियान सुरु गरेको छ । इटहरी उपमहानगर पालिका वडा नं ६ ले  पहिलो चरणमा एक हजार घर धुरीमा गुगल म्याफ्  कोड सहितको नम्बर प्लेट घर घरमो टास्ने काम सुरु भएको हो ।

 यो अभियानले वडा भित्र रहेका घरहरूलाई गुगल म्याफ् कोड मार्फत सजिलै घर पत्ता लगाउन मदत पुग्ने भएकोले वडा नम्वर ६ को विभ्भिन्न टोल,मार्गहरुमा सुरु गरेको र यो प्लेट चाडै सवै वडाहरुमा पनी टाँस गरिने  वडा नं ६ का अध्यक्ष दिवस पोख्रेलले बताए । 

वडा भित्र रहेका हरेक घरको विवरण सरकारी तथ्याङ्कमा सामेल गराउनको लागि यस्तो कार्यको सुरुवात गरेको उनको भनाई छ ।

 बाहिरी जिल्ला बाट नगरमा वर्षेनि बसाइँसराइ गरेर कयौँ परिवार आइरहेको भन्दै ति सबै परिवारको विवरण वडाले पत्ता लगाउन पनि उक्त कार्य महत्वपुर्ण हुने अध्यक्ष पोख्रेलले बताए ।

गुगल म्याफ् कोड प्लेटको शुभारम्भपछि अध्यक्ष पोख्रेललले उपमहानगरपालिका कार्यालय गेटमा नम्बर प्लेट राखेर अभियानको सुरुवात गरेका थिए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]