• पुस २३, २०८०
  • जुनकिरी खबर

कोशीको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

alt

अधिवक्ता रूपेश कोइरालालाई कोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको छ ।  विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । 

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानुनी सल्लाहकार भएर काम गर्नुपर्छ । नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालाले आइतबार नै पद तथा गोपनीयताको शपथ लिने छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । 

नेपाली कांग्रेसनिकट अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार हुन् । कानुन व्यवसायी कोइराला यसअघि २०७८ चैत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको नियुक्त भएका थिए । 

हालका मुख्यमन्त्री केदार कार्कीले आफू आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा कोइरालालाई कानुन विज्ञ नियुक्त गरेका हुन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]