• पुस २५, २०८०
  • जुनकिरी खबर

मोटरसाइकल चोरी गरेर भारतमा पुर्‍याउने पक्राउ

alt

धरान लगायत पूर्वी नेपालका शहरी क्षेत्रबाट १०० भन्दा बढी मोटरसाइकल चोरी गरेर भारतको जोगबनी, फारबिसगञ्ज, फुल्का पुर्‍याएर नक्कली चेसिस नम्बर लगाई विक्री गर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगरा-६ का ४० वर्षीय नजाम अन्सारी र भोक्राहा नरसिंह-२ का २३ वर्षीय निकाईल अन्सारी छन् ।

उनीहरू लामो समय देखि मोरङ र सुनसरीका धरान, विराटनगर लगायतबाट मोटरसाइकल चोरीमा संलग्न सङ्गठित गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले गिरोहमा संलग्न चोरहरूको खोजतलासमा विशेष अपरेसन सञ्चालन गरेको थियो ।
उनीहरू यसै क्रममा मङ्सिर २९ गते पक्राउ परेका हुन । उनीहरू समेतको गिरोहले मोटरसाइकल चोरी गर्दै गरेको सिसिटिभी फुटेज सहित पीडितहरूबाट जाहेरी लिई प्रहरीले अनुसन्धान कार्य पुरा गरेको छ।

पक्राउ परेका नजाम अन्सारीबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ३ मिलिग्राम समेत बरामद भएकोले उनलाई लागुऔषधको अपराधमा समेतको अनुसन्धान पुरा भएको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरूले २०८० भदौ १० गते विराटनगर-२ बन्जरा चोकबाट को २६ प ७७७६ नम्बरको होण्डा साइन मोटरसाइकल, भदौ १५ गते विराटनगर-४ नोबेल अस्पतालबाट को ४३ प ४८०४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल, मङ्सिर ६ गते विराटनगर-७ सेन्ट्रल मल अन्डरग्राउन्ड पार्किङबाट को १० प ९५६६ नं. को स्प्लेण्डर मोटरसाइकल चोरी गरेका थिए ।

यसैगरी मङ्सिर ८ गते विराटनगर-९ गुद्री बजारबाट को २८ प ७८१५ नम्बरको यमाहा मोटरसाइकल, ९ गते विराटनगर-७ कोशी अस्पतालबाट को २५ प १८११ नं को होण्डा कम्पनीको सिवि हर्नेट मोटरसाइकल, २२ गते विराटनगर-४ नोबेल अस्पतालबाट को २९ प ५५४ नं। को हिरो स्प्लेण्डर मोटरसाइकल, २७ गते मोरङ विराटनगर-६ भाटभटेनी सुपर मार्केटबाट को २१ प ५८९४ नम्बरको साइन मोटरसाइकल चोरीमा उनीहरू संलग्न थिए ।

प्रहरीमा उनीहरू विरुद्ध दर्ता भएका ७ वटा चोरी र अवैध लागुऔषध ब्राउनसुगर मुद्दामा अनुसन्धान पुरागरी सरकारी वकिल कार्यालय मोरङमा २२ गते पेश गरिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]