• पुस २६, २०८०
  • जुनकिरी खबर

वराहक्षेत्रमा पितृ श्राद्ध मेला सुरु

alt

सुनसरीको वराहक्षेत्रमा तीन दिने पितृ श्राद्ध मेला सुरु भएको छ । २७ गतेसम्म लाग्ने मेला बराहक्षेत्र मन्दिर क्षेत्रको कोकाहा र सप्तकोसी नदी किनारमा लागिरहेको छ । नेपाल तथा भारतको बिहार, दार्जिलिङ, सिक्किमबाट एक लाखको हाराहारीमा भक्तालु आउने अनुमान गरिएको छ ।
 
हिन्दु धर्मशास्त्र स्कन्ध र वराह पुराणअनुसार भगवान् विष्णुले कोकाहा कौशिकी तटमा पहिलो पटक श्राद्ध गरेको हुनाले मानव जाति आफ्ना स्वर्गीय पितृको श्राद्ध गर्न आउने परम्परागत धार्मिक आस्था छ ।
 
'दिवङ्गत भएका आफ्ना पुर्खा, पूर्वज जो पितृलोकमा छन्, उनीहरूलाई नै हाम्रो सनातन संस्कारले पितृको संज्ञा दिएको छ', वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले भने, 'धर्मशास्त्रअनुसार जन्मजात तीन ऋण (देव ऋण, गुरु ऋण र पित् ऋण) मध्ये पितृ ऋण तिर्ने माध्यम श्राद्धलाई मानिन्छ ।'
 
वराहक्षेत्र संरक्षण मञ्च, वराहक्षेत्र वातावरणीय तथा सरसफाइ संस्था, गुप्त वराह सम्बर्द्धन समिति र वराह दर्शन फाउन्डेसनले संयुक्त रूपमा सञ्चालन गरेको मेलामा तीर्थयात्रीको लागि मन्दिर क्षेत्रमा स्नान घर, शौचालय, श्राद्ध तर्पण गरिने स्थललगायत निर्माण गरिएको मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]