• पुस २६, २०८०
  • जुनकिरी खबर

इटहरीमा जलन अस्पताल निर्माण प्रक्रिया सुरू

alt

काेशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएकाे छ। आगलागीमा घाइते भएका लगायतका बिरामीहरूकाे उपचारका लागि एक शय्याकाे उक्त अस्पताल निर्माण गर्न काेशी प्रदेश सरकार र जनस्वास्थ्य सराेकार ट्रष्टबीच सम्झाैता भएकाे हाे।

मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकाेटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गाैरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन्।

ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेकाे २ विघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याकाे जलन अस्पताल निर्माण गर्न लागेकाे हाे।

ट्रष्टले पटक-पटक उक्त अस्पताल निर्माणका लागि सरकारसँग पहल गरे पनि हालसम्म सम्भव हुन सकेकाे थिएन।

मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएलगत्तै उनले आफ्नै पहलमा जलन अस्पताल निर्माणका लागि बजेट विनियाेजन गरेर प्रक्रिया सुरू गरेका हुन्।

प्रदेश सरकारले ट्रष्टसँग सम्झाैता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरू गर्न १ कराेड ५० लाख बजेट दिन सम्झाैता गरेकाे छ।

४० कराेड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]