• भदौ ४, २०७६
  • जुनकिरी खबर

काठमाडौं उपत्यका ५५ जनामा भेटियो डेंगु

alt

केही महिना पहिले धरानमा उग्र रुप लिएको डेंगु रोग काठमाडौं उपत्यकामा पनि भेटिएको छ ।

अहिले सुनसरी लगायत पूर्वको केही जिल्लामा फैलिएको डेंगु रोग नियन्त्रण भन्दा बाहिर रहेको बेला काठमाडौंमा पनि यसबाट संक्रमित बिरामी भेटिएका हुन् । बुधबार इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बाठमाडौं उपत्यका मा ५५ जना डेंगु रोगी भेटिएको बताए ।

उनका अनुसार महाशाखाले २३ वटा अस्पतालमा यसको अध्यायन गरेको थियो । जसमा १० ओटा अस्पतालमा ५५ जना डेगु संक्रमित उपचारका लागि आएका हुन् । गएको बर्ष काठमाडौं उपत्यकामा जम्मा १६ जनामा मात्रै डेगु संक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तर यसबर्ष उपत्यकामा डेंगु सार्ने लामखुट्टेका दुई प्रजाति भेटिएकाले संक्रमितको सङ्ख्या बढेको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।

डेंगुबाट खासगरी जेष्ठ बृद्ध, बृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता भएकाहरु शतर्कलाई सतर्क रहन इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]