• माघ ५, २०८०
  • जुनकिरी खबर

जंगली हात्तीको कारण रातभर त्रासमा वराहक्षेत्र नगरवासी

alt

वराहक्षेत्र ३ स्थित नडाहा जंगलमा निस्किएका हात्ती गन्दै वराहक्षेत्रवासीको दिन कट्न थालेको छ । रात परेपछि त्रासमा जाग्राम बस्नुपरेको स्थानीयको गुनासो छ ।
 
बिहीबार अपराह्न धरान नडाहा सडक खण्डको नडाहा बस्ती नजिक निस्किएका २० वटा हात्ती गन्दै गरेको देखिए वराहक्षेत्र ३ का पूर्व वडाध्यक्ष रुद्र दाहाल । गत शुक्रबार राति वराहक्षेत्र २ पुनरबास पारुहाङ चोककी रसु श्रेष्ठले गाउँ प्रवेश गरेका २३ वटा हात्ती गन्न भ्याइन् ।  वराहक्षेत्र २ रमाइलो चोकका नवराज राईले २२ वटा हात्ती गाउँ पसेको बताए । साता दिनदेखि गाउँ प्रवेश गरेका हात्ती दिउँसो जङ्गलतिर, रात परेपछि गाउँतिर आउने गरेका छन् । हात्ती कोठेबारी र कोठाचोटा पसेर बिझाइँ गर्न थालेपछि गाउँले रातभर जाग्राम बस्न बाध्य छन् ।
 
हात्ती गाउँ पसेर गाउँका आलु, लसुन, केरालगायतका अन्नपात खाइदिने घर र घेराबेरा भत्काइदिने गरेको स्थानीयले गुनासो गरेका छन् ।  'रातभर बिझाइँ गर्दै जाँड खाँदै, घर भत्काउँदै हात्ती जङ्गल पसेका छन् । 'स्थानीय मणि राईले भने ।
 
नगर सरकारका प्रमुख र जनप्रतिनिधि हात्ती खेदाउन निस्किएका स्थानीयसँगै हाइहाइहुइहुइ गर्दै निस्कन्छ्न् । नगरपालिकाले दमकलको साइरन बजाउँछ । तर 'नाङ्लो ठटाएर हात्ती तर्सन्न' भने झैं  हात्ती आफ्नै सुरमा बिझाइँमा निस्कन्छन् ।
 
हात्तीपीडित जनताले क्षति भएका संरचनाको मुआब्जा पाउन सकेका छैनन् । नम्बरी जग्गा भएकाले २ हजार रुपैयाँ नगरबाट प्राप्त गर्न सक्ने अभ्यास छ । तर लाखौं क्षति बेहोरेका स्थानीयलाई हात्तीले गरेको बिझाइँबाट प्राप्त हुने नगरको राहत 'हात्तीको मुखमा जिरा' जस्तै हुने गरेको गुनासो छ ।
 
स्थानीयका अनुसार बिहान साढे ३ बजेसम्म गाउँमा बिझाइँ गरेपछि हात्ती जंगलतर्फ लाग्ने गरेका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]