• माघ ७, २०८०
  • जुनकिरी खबर

काठमाडौ महानगर भन्दा इटहरी उपमहानगर उत्कृष्ट

alt

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा इटहरी उपमहानगरपालिका काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिका भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ ।

सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा इटहरीले औषत ८१.२५% अङ्क हासिल गर्दा काठमाडौँ महानगरपालिकाले ७८.५०% अङ्क प्राप्त गरेको छ भने छिमेकी नगर धरान उपमहानगरपालिकाले ७१.५०% अङ्क प्राप्त गरेको छ ।

गत वर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गर्दै इटहरी उपमहानगरले उत्कृष्ट अङ्क हासिल गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष इटहरी उपमहानगरले लिजा मूल्याङ्कनमा इटहरीले प्रगति गरेको छ । मूल्याङ्कनका विभिन्न १० वटा विषय क्षेत्रमा इटहरी उपमहानगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अङ्क बढाएको उपमहानगरका प्रवक्ता एवम् वडा नं.६ का अध्यक्ष दिवस पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]