• माघ १०, २०८०
  • जुनकिरी खबर

डीपीआर नै तयार नभएको अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान

alt

 आगोले पोलेका बिरामीहरूको उपचार गराउनका लागि भनेर प्रदेश सरकारले डीपीआर नै सम्पन्न नभएको अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको छ । 

प्रदेशमा आगोले जलेर बिरामी भएका बिरामीहरूको उपचार गराउन भन्दै कोशी प्रदेश सरकारले इटहरी मोडल अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको हो ।

सो रकम दिने बारेमा माघ ३ गते नै प्रदेश सरकारले सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ। डेढ करोड अनुदान दिने सहमति पत्रमा माघ ३ गते  बुधवार हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की इन्ट्रेसमा कुनै पूर्वाधार नभएको अस्पताललाई अनुदान दिइएको हो । 

सो अस्पताल जनस्वास्थ्य सरोकार ट्रस्ट(फेक्ट)ले सञ्चालन गर्ने बताइएको छ । ट्रस्टले कीर्तिपुरको बर्न अस्पताल सञ्चालन गर्दै आएको छ । यस्तै सो संस्थाले काठमाडौँ मोडल अस्पताल समेत सञ्चालन गर्दै आएको छ । 

कीर्तिपुरमा जस्तै इटहरीमा पनि बर्न अस्पताल सञ्चालन गर्ने भनेको अस्पतालको अहिले सम्म डीपीआर नै पास भइसकेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन रिर्पोेट र माटोको परीक्षण मात्रै सम्पन्न गरेको अस्पताललाई प्रदेश सरकारले बिरामीको उपचारका लागि भनेर अनुदान दिएको हो । 

इटहरी उप महानगरपालिका वडा नम्बर १८ मा बन्ने भनिएको अस्पतालको भवन निर्माणको प्रक्रिया सुरु नभएको इटहरी उप महानगर पालिकाले जनाएको छ । 

ट्रस्टले पटक पटक उक्त अस्पताल निर्माणका लागि प्रदेश सरकारसँग आर्थिक सहयोग माग्दै आएको थियो । तर अरू सरकारले अनुदान नदिएपछि निर्माणको प्रक्रिया सुरु  गर्न सकेको थिएन ।  मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भए लगत्तै उनले आफ्नै पहलमा जलन अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेर प्रक्रिया सुरु गरेका हुन् ।

प्रदेश सरकारले ट्रस्टसँग सम्झौता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरु गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको छ । 

४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् । 

२०६६ सालमै इटहरीमा ५० सैयाको बर्न अस्पताल र ओठ तालु फाटेका बिरामीहरूको उपचारका लागि  विशेषज्ञ सेवा दिने भन्दै कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सो अस्पतालको कम्पाउन्ड वालको शिलान्यास गरेका थिए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]