• माघ ११, २०८०
  • जुनकिरी खबर

हात्तीको आक्रमणबाट इटहरीमा पुरुष घाइते

alt

इटहरी–धरान सडकखण्डको पानीपियामा हात्ती आक्रमणबाट एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा इटहरी २० तरहरास्थित शिखर टोल बस्ने ५० वर्षीय इन्द्र घले मगर रहेका छन् । बुधबार दिउँसोको समयमा चारकोसे झाडीमा पर्ने उक्त सडक खण्डमा हात्तीले आक्रमण गर्दा मगर घाइते बनेका हुन् ।

उनको हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हात्ती आक्रमणबाट घाइते बनेका मगरको तत्कालै उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

अहिले हात्तीको समूह इटहरी २ स्थित शान्तिनगर सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरेकाले सचेत हुनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय कोसी प्रदेशको सुनसरी, मोरङ र झापामा हात्ती आक्रमणबाट दर्जन बढीको मृत्यु भएको छ भने लाखौँको धन क्षति भएको छ । भारतबाट आएका जंगली हात्ती नफर्किदाँ समस्या हुँदै आएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]