• माघ १३, २०८०
  • जुनकिरी खबर

हिसान सुनसरीको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म

alt

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबार देखी सुरु हुने भएको छ । शुक्रवार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १० औँ संस्करणको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । 

एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, ब्याडमिन्टन, बुद्धिचाल र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिए । गत वर्षदेखि सुरु गरिएको हिसान ५ किलोमिटर रनलाई यसबर्ष पनि निरन्तरता दिने कार्यक्रम संयोजक हेमन्त भण्डारीले जानकारी दिए ।

इटहरीमा हुने पाँच किलोमिटर लामो दौड धरान रनको प्रबिधिक संयोजनमा गरिने बताइएको छ । स्पोर्टस मिट अन्तर्गत फुटबल धरान र इटहरी रङ्गशालामा, क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा र भलिबल पूर्वाञ्चल मावि इटहरीमा हुने संयोजक भण्डारीले बताए । यस्तै टेबल टेनिस, ब्याडमिन्टन र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रङ्गशालामा खेलाइने र हिसान हाजिरी जवाफ र बास्केटबल इटहरीस्थित सुष्मा स्कूललमा खेलाइने कार्यक्रमका सहसंयोजक सुवास लुइँटेलले बताए । 
 
हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरिका ६ हजार ६ सय विद्यार्थीले प्रत्यक्ष सहभागिता  जनाउने र ६ हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने हिसान सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]