• माघ १३, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेशमा काँग्रेस र माओवादीबिच असमझदारी बढ्यो

alt

कोसी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको परिणामले सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्र बिच असमझदारी बढेको छ ।

गठबन्धनको मत भार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएपछि सत्ता साझेदार माओवादी केन्द्र असन्तुष्ट बनेको हो । कोसीमा राष्ट्रियसभा निर्वाचनको परिणामले पहिलो र दोस्रो ठुला पार्टी काँग्रेस र एमालेले आफ्ना उम्मेदवार सुरक्षित गर्न सफल हुँदा त्यसले राजनीति तरङ्गित बनेको छ ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशबाट नेकपा एमालेकी रुक्मिणी कोइराला र नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भएकी थिइन । एमालेकी कोइरालाले माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै राष्ट्रियसभा सदस्य बनिन् । सुनसरीको इटहरी निवासी कोइराला ४७ वर्षदेखि एमालेको राजनीतिमा क्रियाशील छन् । जनप्रतिनिधिले पार्टी राजनीतिबाट माथि उठेर इमानदार व्यक्तिलाई हेरेका कारण आफूm चुनाव जित्न सफल भएको उनको दाबी छ । तर माओवादीलाई काँग्रेसले धोका दिएकाले आफ्नो उम्मेदवार पराजित भएको संसदीय दलका नेता इन्द्र आङ्बो बताउँछन् ।

नेपाली काँग्रेस नेतृत्वको गठबन्धनको पाँच हजार चार सय ३६ मत भार खसेको थियो भने नेकपा एमालेको तालमेलमा चार हजार चार सय चार मत भार खस्को थियो । तर कोइरालालाई सत्ता गठबन्धनका तीन जना प्रदेश सभा सदस्य र १७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका छन् । नेपाली काँग्रेसले धोका दिएका कारण आफ्नो उम्मेदवार पराजित भएकोले यसको गम्भीर समीक्षा हुने माओवादी नेता आङ्बोको भनाइ छ ।

कुनै पार्टी जनप्रतिनिधिले धोका दिएको रूपमा भन्दा पनि माओवादी सशस्त्र द्वन्द्वको समयमा माओवादीका कारणले दुःख पाएका वा समस्यामा परेकाले मत नदिएको हुनसक्ने राजनीतिक विश्लेषक एवंम पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका उपप्राध्यापक बलराम पन्तको भनाई छ ।

अन्य तर्फबाट विजयी कृष्णप्रसाद सिटौलाले पनि गठबन्धनको सबै मत ल्याउन सकेनन् । उनलाई दुई जना प्रदेशसभा सदस्य र चार जना स्थानीय तहका जनप्रतिनिधिले मत दिएनन् ।

यो प्रकरणले कोसी प्रदेशमा काँग्रेस र माओवादीबिच सम्बन्ध चिसिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]