• माघ १६, २०८०
  • जुनकिरी खबर

बालबालिकाको निःशुल्क उपचार गर्ने कोशी प्रदेश सरकारको घोषणा

alt

कोशी  प्रदेश सरकारले प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार  गर्ने महत्वकाक्षी योजना सुरु भएको घोषणा गरेको छ । प्रदेशका ४ वटा अस्पतालसँग सम्झौता गरेर प्रदेश सरकारले आजबाट १० वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार सुरु भएको घोषणा गरेको हो । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विराटनगरको नोबेल मेडिकल कलेज, विराटनगरकै  विराट मेडिकल कलेज, विराटनगरको हाम्रो अस्पताल र किओच  दमक बालबालिका अस्पताल सँग १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने गरीको सम्झौता गिरेको छ । यस्तै  प्रादेशिक अस्पताल भद्रपुरबाट समेत बालबालिकाले निःशुल्क उपचार पाउने घोषणा सरकारले गरेको छ । 

प्रदेश सरकारले सम्झौता गरेका सबै अस्पतालका सञ्चालक मुख्यमन्त्री केदार कार्की निकटहरू हुन्  । ती मध्ये तीन वटा अस्पताल नेपाली काँग्रेसको फरक समूहको नेतृत्व गरेका डा शेखर कोइरालाको निर्वाचन क्षेत्रमा छन् । यस्तै दमकमा रहेको बालबालिका अस्पताल भने डा भगवान् कोइराला नेतृत्वको टिमले सञ्चालन गरेको हो । कार्की डा कोइराला निकट छन् । 

प्रदेश सरकारले तत्काल ३ करोड रुपैयाँ बजेट विनियोजन गरेर सुरु भएको बालबालिकाको निःशुल्क उपचार आफू निकटका अस्पतालहरूलाई पोस्न सुरु गरेको भनेर आरोप समेत लागेको छ । कोइराला समूहमा रहेका मुख्यमन्त्री केदार कार्कीले डा शेखरलाई निर्वाचनमा सजिलो बनाउन यो महत्त्वाकाङ्क्षी कार्यक्रमको घोषणा गरेको आरोप लागेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]