• माघ १९, २०८०
  • जुनकिरी खबर

इटहरीमा जंगली हात्ती बस्तीमा पस्न नदिन खाडल खन्न सुरु

alt

इटहरीमा दैनिकजसो हात्तीका बथान मानव बस्तीमा पस्ने संकेत देखिएपछि खाडल खन्न सुरु गरिएको छ । इटहरी उपमहानगरपालिका २ शान्तिनगरमा दैनिकजसो दुई दर्जन बढी हात्तीको संख्या आउने गरेको र मानव बस्तीमै पस्ने संकेत देखिएपछि वारपार खाडल खन्न सुरु गरिएको हो ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँगको समन्वयमा उपमहानगरकै जेसीभीले खाडल खन्ने काम भइरहेको स्थानीय रोशन अधिकारीले बताए ।

उनका अनुसार इटहरी–धरान सडकखण्डको तरहरास्थित पानीपियादेखि इटहरी २ प्रवेश गर्ने हात्ती चोकसम्म क्षेत्रीय कृषि अनुसन्धान निर्देषनालयको जमिनमा पर्ने क्षेत्रमा ६ फिट अग्लो खाडल खन्न सुरु गरिएको हो ।

यसैगरी हात्ती चोक पूर्व सेरा खोलासम्मको क्षेत्रमा उपमहानगरपालिकाको सहयोगमा खाडल खन्ने काम धमाधम भइरहेको अधिकारीले बताए । उनका अनुसार केही दिनअघि मात्रै पनि २९ वटा संख्यामा हात्तीका बथान आएका थिए । त्यसमा केही छावा (बच्चा)समेत रहेका छन् । हात्ती मानव बस्तीमा प्रवेश गरी धनजनको क्षति हुन नदिनका लागि खाडल खन्न बाध्य भएको स्थानीयबासीको भनाइ छ । पछिल्लोपटक १८ दिनयता दैनिक रात र बिहानको समयमा हात्तीका बथान मानव बस्तीमा पस्ने प्रयास भइरहेको स्थानीयबासीले बताएका छन् ।

स्थानीयका अनुसार हाल आलोपालो गरी रातभर जाग्राम बसेर दाउरा बालेर, साइरन बजाएर हात्ती धपाउने काम भइरहेको छ । यद्यपि, दैनिक हात्तीका बथान आउन थालेकाले आजित भएपछि खाडल खनिएको बताइन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]