• माघ २१, २०८०
  • जुनकिरी खबर

हिशान स्पोर्ट्स मिट सम्पन्न ,तिन जना पत्रकार सम्मानित

alt

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा सञ्चालन भई रहेको १०औं हिसान स्पोट  मिट सम्पन्न भएको छ ।  विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरि हिसान स्पोट मिट सम्पन्न भएको हो ।

 हिसान सुनसरीले विगत १० वर्ष देखि उच्च माध्यमिक तथा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । हरेक वर्ष माघ महिना पारेर सञ्चालन हुने हिसान स्पोर्ट मिट यस वर्ष पनि हिसान अन्तर्गत  रहेका  माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न खेलकुदमा सहभागिता जनाएका थिए ।

हिसान स्पोट मिट नाम दिएको खेलकुद कार्यक्रम अन्तर्गत  फुटबल, क्रिकेट, बास्केटबल, भलिवल , टेवुलटेनिस , व्याडमिन्टन , एथलेटिक्स , हाजिरी जवाफ  , नृत्य लगायतका विधामा विद्यार्थीहरुको प्रतिस्पर्धा गराइएको थियो । यही माघ १४ गतेबाट सुरु भएको प्रतियोगिता अन्तरगत समापनका दिन नृत्यकला प्रतियोगिता सहित समापन गरिएको हो ।

हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको अध्यक्षता तथा हिसान केन्द्रीय उपाध्यक्ष युवराज शर्माको प्रमुख आथित्यमा भएको समापन कार्यक्रमको अवसर पारेर हिसान शैक्षिक पत्रकारिता पुरस्कारबाट  कान्तिपुर दैनिक इटहरीका अर्जुन सुवेदी , गोरखा पत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव र ब्लाष्ट टाइम्स दैनिकका भोजराज श्रेष्ठलाई जनही नगद १०,१०  हजार सहित  सम्मान  गरिएको छ  । त्यसै गरी हिसान स्पोट मिट सफल बनाउन महत्वपुर्ण योगदान पुर्याएको भन्दै विभिन्न कार्यक्रमका संयोजकहरुलाई समेत सम्मान गरेको थियो ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]