• माघ २३, २०८०
  • जुनकिरी खबर

मन्त्रीमण्डल बढाउदै कोशीका मुख्यमन्त्री

alt

कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन् । नेताहरूले बताएअनुसार कुन दलले कति मन्त्रालय पाउने र कुन दलबाट को मन्त्री बन्ने भन्ने समेत सहमति जुटिसकेको छ ।

सत्तारूढ दल नेपाली कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिनेछन् । थपिने मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार र रामकुमार कार्की छन् भने इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी रहेको छ । यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री थपिनेछन् । थपिने मन्त्रीहरूमा नारायण बुर्जामगर र राजेन्द्र कार्की रहेका छन् । उता, जसपा भने तत्काल सरकारमा नजाने भएको छ ।

अहिले मुख्यमन्त्रीसहित कांग्रेसबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राई, माओवादी केन्द्रबाट पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकासमन्त्री छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]