• माघ २५, २०८०
  • जुनकिरी खबर

प्रेस युनियन सुनसरीको वनभोज कार्यक्रम आयोजना

alt

पत्रकार परिवारमा आपसी सदभाव कायम गर्ने उद्धेश्यले नेपाल प्रेस युनियन सुनसरीले मित्र मिलन तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । पत्रकार तथा पत्रकार परिवारलाई प्राथमिकतामा राखेर आपसी सदभाव कायम गर्ने उद्धेश्यले विगत केही वर्ष यता देखि नेपाल प्रेस युनियन सुनसरीले बनभोज कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिएको हो । 

नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धुर्ब ढकालको अध्यक्षतामा आयोजना गरिएको बनभोज कार्यक्रममा पत्रकार तथा पत्रकार परिवारका सदस्यहरुले विभिन्न मनोरञ्जनात्मक खेल तथा नेपाल प्रेस युनियन र पत्रकारिता विषयसंग सम्वन्धीत हाजिरी जवाफ कार्यक्रम समेत आयोजना गरियो ।

जस अन्तरगत म्युजिकल चेयरमा सप्तकोशी टेलिभिजनका एड्मन्ड पराजुली प्रथम हुन सफल भएका थिए । त्यसै गरी हाजिरी जवाफ कार्यक्रममा सही जवाफ दिने पत्रकार तथा परिवारलाई नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा , अग्रज पत्रकार हर्ष सुब्बा , हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का लगायतले पुरस्कार वितरण गरेका थिए । 

नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार तथा पत्रकार परिवारको बनभोज कार्यक्रममा विभिन्न पत्रकार आवद्ध संघसंस्थामा आवद्ध पत्रकार तथा पत्रकार परिवारको सहभागिता रहेको थियो । अरु समयमा समाज र राष्ट्र हितका लागि समाचार बनाउने सञ्चारकर्मीहरु तथा परिवारका सदस्यलाई वर्षमा एक दिन मात्र भएपनि मनोरञ्जन गराउने उद्धेश्यले बनभोज कार्यक्रम आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष धुर्ब ढकालले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]