• माघ २७, २०८०
  • जुनकिरी खबर

कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री थपिए

alt

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री केदार कार्कीले ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् । जसमा नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवारलाई स्वास्थ्य मन्त्रालय र रामकुमार खत्रीलाई कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कार्कीलाई सामाजिक विकास मन्त्रालय र नारायण मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा दिइएको छ ।

यसैगरी राज्यमन्त्रीमा नियुक्त दुवै जना कांग्रेसका प्रदेश सांसद हुन् । जसमा आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनीताकुमारी गुरुङलाई नियुक्त भए ।

कार्की नेतृत्वको कोशी सरकारमा अहिले शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय र कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिरहेका छन् ।

अब ६ जना थपिएपछि कोशी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । मुख्यमन्त्रीमा आफू नियुक्त भएको ४ महिनापछि कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]