• माघ २७, २०८०
  • जुनकिरी खबर

विवादमा तानिँदै मुख्यमन्त्री कार्की !

alt

कोसी प्रदेशमा क्रियाशील विभिन्न कर्मचारी सङ्गठनहरूले मुख्यमन्त्री केदार कार्कीलाई तत्काल कर्मचारीहरूलाई लक्षित गरी दिएको अभिव्यक्ति प्रति क्षमा याचना गर्न आग्रह गरेका छन् । शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल निजामती कर्मचारी सङ्गठन,  नेपाल निजामती कर्मचारी युनियन,  एकीकृत सरकारी कर्मचारी सङ्गठन  र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कोसी प्रदेशले मुख्यमन्त्री कार्कीको अभिव्यक्ति प्रति आपत्ति जनाएको हो ।
 
विद्यालय जस्तो पवित्र स्थानमा भविष्यका कर्णधार विद्यार्थीलाई राष्ट्र सेवामा उत्प्रेरणा गर्नुको सट्टा उल्टै बेरोजगार एवं प्रतिभा पलायन बनाउने मनसायको साथ दिएको अभिव्यक्तिले कस्तो सन्देश प्रवाह गर्ला, विज्ञप्तिमा प्रश्न उठाइएको छ।  निजामती कर्मचारी सङ्घ सङ्गठनहरूले आम कर्मचारीहरूको योग्यता र क्षमताको मानमर्दन हुने गरी व्यक्त अभिव्यक्ति प्रति मुख्यमन्त्री कार्कीको  निन्दा र आलोचना गरेका छन् ।
 
'यस प्रकारको उत्तेजनामा आएर गरिएका अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर राष्ट्र सेवकहरूको मानमर्दनमा  पुगेको चोटप्रति क्षमा याचना गर्न हामी मुख्यमन्त्री ज्यू समक्ष आग्रह गर्दछौँ, विज्ञप्तिमा भनिएको छ, देश र नागरिकको सेवामा खटिने राष्ट्र सेवकहरूको उच्च मनोबल र आत्मसम्मानका साथ सेवा गर्ने वातावरण तयार गर्न जोडदार माग गर्दछौँ ।’ मुख्यमन्त्री कार्कीले उक्त अभिव्यक्तिको खण्डन नगरे आन्दोलन गर्न बाध्य हुने समेत उनीहरूले चेतावनी दिएका छन् । 
 
केही दिन अघि मुख्यमन्त्री कार्कीले सुन्दरहरैँचामा रहेको साजिलाल माध्यमिक विद्यालयमा भएको एक कार्यक्रममा आफू लास्ट बेन्चको विद्यार्थी भएर मुख्यमन्त्री भएको, फस्ट बेन्चका विद्यार्थी खरदार भएको र भुँडी भर्ने मात्र काम गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]